देश । केही हप्ता अगाडि विरगञ्जमा एसिड आक्रामणमा परेर किर्तिपुरमा उपचार गराइरहेकी १४ बर्षिया मुस्कान खातुनलाई यतीबेल हिम्मत नहार्न र जीवनलाई अगाडी बढाउँन सेलिब्रेटीहरुले विभिन्न मध्यमबाट संदेश दिईरहेका छन् । कक्षा ९ मा पढ्ने उनि माथि गत भदौ २० गते विरगञ्जमा बिद्यालयबाट फर्किने क्रममा एसिड आक्रामण भएको थियो । यो घटनाको दोषीलाई कारबाहीको मांग त छ नै साथै यतिबेला मुस्कानलाई अगाडी बढ्ने हौसला पनि आवश्यक छ । मुस्कानको घटना थाहा पाएपछि बलिउड अभिनेता वरुण धवनले भिडियो संदेश पठाएका छन् ।
बलिउड एक्ट्रेस कृती सेननले मुस्कानसँग भिडियो कलमा कुरा गरेकी थिइन् । कृतीले नायक वरुण धवनलाई समेत यो कुराको जानकारी गराएपछि वरुणले भिडियो सन्देश पठाएका छन् । अहिले वरुणले पठाएको भिडियो सन्देशले सामाजिक संजालमा चर्चा पाइरहेको छ । मुस्कान वरुण र कृतीको फ्यान हुन् ।’मैले थाहा पाए अनुसार, तिमीलाई अध्ययन गर्न निकै नै मनपर्छ । तिमी ठिक भएपछि म तिमीलाई भेट्नेछु ।’ वरुणले आफुलाई कृतिले जानकारी गराएको भन्दै भनेका छन्–‘तिमी चाडै नै निको हुँदैछौ । तिमी राम्रो गर्दैछ्यौ । धेरै धेरै प्रेम छ ।’
यस्तै, कृतीले भिडियो कल गर्दै भनेकी छिन्–‘अहिले तिमी उपचारका लागि अस्पतालमा भर्ना भएकी छौं । चाडै नै निको भएर घर फर्किनेछौ भन्ने मेरो कामना छ । आशा छ, हामी चाडै भेट्नेछौ ।’ वरुण र कृतिसंगै मोडल नीति शाहले पनि मुस्कानलाई भेटेकी छिन् । यसैगरी गायक राजु लामाले पनि मुस्कानलाई अस्पतालमै पुगेर भेटेका छन् । राजुले मुस्कानसँगको भेटमा गीत समेत गाएका थिए । यतिबेला मुस्कानलाई प्रत्यक्ष वा सोसल मिडियाबाट भेट्दै उनको हिम्मत बढाउँने काम सेलिब्रेटीले गरिरहेका छन् ।









