‘जिरो’ पोष्टरमा रोमान्टिक शाहरुख

बलिउड । रोमान्स किङ्गको उपनामले बलिउडमा फेमस शाहरुख खान पछिल्लो समय फिल्म ‘जिरो’ मा व्यस्त छन् । यहि महिना नोभेम्बर २ मा ५३ औँ वर्षमा प्रवेश गर्ने शाहरुखले आफ्नो फ्यानको लागि ‘जिरो’ ट्रेलर पनि त्यहि दिन सार्वजनिक गर्दैछन । उनले केहि सिनियर जनार्लिस्टलाई ट्रेलर देखाई पनि सकेका छन् , जसबाट उनले राम्रो प्रतिक्रिया बटुलिरहेका छन् ।

ट्रेलर हेर्ने अधिकाँस जर्नालिस्टले सोसल मिडियामा आफ्नो प्रतिक्रिया दिईसकेका छन् । यिनै शाहरुखले आफ्नो वर्थ महिना नोभेम्बर स्टार्ट भएपछी पोष्टर सार्वजनिक गरेका छन् । सार्वजनिक दुई पोष्टरमा उनि दुई सुन्दरी कट्रिना कैफ र अनुष्का शर्मासँग देखिएका छन् । रोमान्टिक मुडमा देखिएका शाहरुखले कट्रिनासँगको पोष्टरमा ‘सितारोके ख्वाब देख्ने वालो , हमने तोह चांदको करीब से देखा है’ लेखेका छन् ।

यसैगरि अनुष्कासँगको पोष्टरमा ‘इस पुरी दुनिया मे मेरी बराबरकी एक टु हि है’ लेखेका छन । उनले पोष्टर सार्वजनिक गरे लगतै फ्यानले प्रतिक्रिया दिन थालिसकेका छन् । आनन्द एल रायको निर्देशनमा तयार भएको फिल्मलाइ दर्शकले डिसेम्बर २१ मा हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्