सलमानले गरे फ्यानलाई आग्रह

फिल्म । डिसेम्बर २७ मा ५५ वर्षका हुन् लागेका अभिनेता सलमान खानले फ्यानलाई आग्रह गरेका छन् । जन्मोत्सवको पुर्व सन्ध्यामा सलमानले आफ्ना फ्यानहरुलाई कोरोना भाइरसको महामारी रहिरहेकाले सुरक्षाको मापदण्ड तोडिने कुनै कार्य नगर्न आग्रह गरेका छन् । उनको टिमले नोटिस जारी गर्दै बान्द्रा स्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडी भिड नगर्न समेत आग्रह गरेको छ ।

भारतीय मिडियामा आएको खबर अनुसार सलमानले आफ्नो जन्मदिनमा कोरोना भाइरसलाई फैलिन मदत नपुगोस भन्दै यस्तो गरेका हुन् । सलमान टिमले गरेको आग्रह फ्यानले मान्नेमा विश्वास छन् । उनका नजिकका साथीको अनुसार उनि डिसेम्बर २७ मा ग्यालेक्सी अपार्टमेन्टमा रहने छैनन् । सन् १९६५ को डिसेम्बर २७ मा जन्मिएका सलमानलाई बलिउडमा ‘भाइजान’ पनि भन्ने गरिन्छ । हालसम्म अविवाहित सलमानको फ्यान फ्लोअर्स बढीछन् ।

कमेन्ट गर्नुहोस्