श्रीलङ्कामा सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

सौन्दर्य । श्रीलङ्कामा आयोजना भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ नेपालको प्रतिनिधि सजिना खनालले ‘मिस एलिगेन्स’ शिर्षकको उपाधि हात पार्न सफल भएकी छन् । ३५ देशको सहभागीता रहेको प्रतियोगीतामा उनले आफुलाई उत्कृष्ट दश भित्र उभ्याउदै उक्त उपाधि हात परेकी हुन् ।

खनालले आफुले श्रीलङ्कामा उपाधि प्राप्त गरेको खुसी व्यक्त गरिन् । प्रतियोगीतामा नेपाली पहिरन, कला संस्कृतिमार्फत आफुले नेपाल चिनाउन सफल भएको खनालले बताइन् । ‘प्रतियोगीताको सिकाई र अनुभव अगामी दिनको यात्रा अगाडि बढ्न सहयोग पुग्ने विश्वास लिएकी छु । मैले पाएको मंचलाई सदुपयोग गरेर पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने कोसिस गरें’, खनालले भनिन् ।

श्रीलङ्काको कोलम्बोमा १२ दिन आयोजना भएको प्रतियोगीता हालै सम्पन्न भएको थियो । सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगीतामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’को उपाधि सहित पठाएको हो ।

श्रीलङ्का उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना दिएका थिए ।

कमेन्ट गर्नुहोस्