‘ह्याट्रिक’ निर्देशक दीपाश्री

जयहोस् । पछिल्लो समय फिल्म ‘छक्का पञ्जा ३’ सफल भएसँगै निर्देशक दीपाश्री निरौला लगातार सफलतामा ‘ह्याट्रिक’ गर्ने निर्देशक बनेकी छिन । उनले फिल्म ‘छक्का पञ्जा’ मार्फत निर्देशनमा डेब्यु गरेकी थिइन् । त्यसयता उनले यसकै दुई सिरिजलाई निर्देशन गरिन । छक्का पञ्जा र छक्का पञ्जा २ नेपाली फिल्मको इतिहासमा रेकर्ड ब्रेक गर्ने फिल्ममा पर्छन भने छक्का पञ्जा ३ को कमाइ पनि १० करोड माथि पुग्ने अनुमान लगाइएको छ । अर्थात् दीपाश्री निर्देशित टिन फिल्म नै १० करोड क्लबको हुने भएको छ । यसैगरि फिल्म छक्का पञ्जाले ब्यबसायिक रेकर्ड कायम गरेको थियो भने यसको सिक्वेलले पहिलो दिनको बिजनेसमा रेकर्ड कायम गर्न सफल भएको थियो । यसैगरी तेस्रो सिरिजले पनि अफ डे रेकर्ड नै कायम गर्न सफल भइसकेको छ । यतिबेला दीपा पुर्वका विभिन्न हलहलमा पुगेर दर्शकसँग फिल्म हेर्दै प्रतिक्रिया लिईरहेकी छिन भने फिल्मको बिजनेस पनि बढ्दो नै छ । पहिलो र दोस्रो सिरिजमा आएको कमीकमजोरीलाई टिमले यसमा कम गरेको छ । हावा फिल्म भन्ने कमेन्टलाई हटाउदै टिमले ‘कन्टेन विथ कमेडी’ को जस पाएको छ । फिल्मको वर्ड अफ माउथका कारण यसको ब्यापार अझै बढ्दै जाने बुझाइ निर्माण युनिटको रहेको छ । दीपाश्रीको समेत अभिनय रहेको फिल्ममा दीपकराज गिरी , दीपिका प्रसाई , जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , शिशिर बांग्देल , नीर शाह , बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्