भाद्र ३ मा ‘कृष्ण लीला’

फिल्म । प्रेम कथामा आधारित फिल्म ‘कृष्ण लीला’ आउँदो वर्ष अर्थात् २०७९ को भाद्र ३ गते प्रदर्शनमा आउने भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण लीला’ लाई कृष्ण अष्टमीकै दिन रिलिज गर्न लागिएको हो । यसअघि यो फिल्म गत वर्षको चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण सरकारले हलहरु बन्द गरेपछि फिल्म प्रदर्शन हुन सकेको थिएन ।

दीपक ओलीको निर्देशनमा तयार भएको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतको अभिनय छ । लभस्टोरी जनरामा निर्मित फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा रंग पत्रकार तथा लक्ष्मण सुवेदीको लेख्न रहेको छ । उनले फिल्ममा प्रेम कथासँगै सस्पेन्स मार्फत पनि दर्शकले मनोरञ्जन पाउने बताए ।

कमेन्ट गर्नुहोस्