दोस्रो सातामा ‘के घर के डेरा : घर नं २’

फिल्म । नेपाली फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । सकारात्मक वर्ड अफ माउथ पाइरहेको फिल्मले दर्शकको मन पराएको निर्माणपक्षले दाबी गरेको छ । दर्शकले ‘के घर के डेरा : घर नं २’ आम नेपालीको घरघरको कथा भएको बताइरहेका छन् । आम नेपालीले भोगिरहेको विषयलाई ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेका निर्माणपक्षले बताएको छ ।

‘जति पनि दर्शकले फिल्म हेर्नु भएको, राम्रो भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । वर्ड अफ माउथ राम्रो भएकाले फिल्म हेर्ने दर्शकको संख्या पनि बढ्दै जाने हाम्रो विश्वास छ’, निर्देशक दीपेन्द्र के खनालले भने ।

‘के घर के डेरा : घर नं २’को ट्रेलर अहिले ट्रेन्डिङमा छ । यसको कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा : घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

कमेन्ट गर्नुहोस्