‘रङ्गमञ्च शिक्षालाई बढाउनु पर्छ’

रङ्गमञ्च । अभिनेता तथा रङ्गकर्मी अनुप बरालले रङ्गमञ्च नेपालमा गैर सरकारी रुपमासमेत अगाडी बढिरहेको बताए । ‘रङ्गमञ्च भित्र र बाहिर’ शिर्षकमा भएको अन्तरक्रियामा अभिनेता बरालले नेपालको नाट्य क्षेत्रको विषयामा चर्चा गरे । ‘विदेशी नाट्यकर्मी भेट्दा उहाँहरू अच्च्मित भएको पाउँछु । हामीले नेपालमा विना सरकारी सहयोग नाटक घर बनाएका छौँ । नाटक मञ्चन गरिरहेका छौँ । एक जना विदेशी नाट्यकर्मीले यी सब देखेर अब म पनि नाटकघर बनाउँछु भन्नुभएको थियो’, रङ्गकर्मी बरालले भने । अन्तरक्रियामा उहाँसँगै नाटक समीक्षक शिशिर उप्रेती, रङ्गकर्मी तथा अभिनेत्री लक्ष्मी बर्देवा सहभागी हुनुहुन्थ्यो ।

समीक्षक उप्रेतीले नाटकहरू बन्नेक्रम बढेको बताए । उनले भने, ‘नाटकघरमा पालो नपाउँदा केही नाटकहरू होल्डमा छन् । यद्दपि संख्यासँगै गुणस्तरीयता कती बढेको छ ? यस विषयमा हामीले चर्चा गर्नु आवश्यक छ ।’ रङ्गकर्मीहरू बीच एकता र ऐक्यवद्धताको महसुश अभिनेत्री बर्देवाले गरिन् । ‘म विस्तारै रङ्गमञ्च बुझ्दै छु। हामी कहाँ नाटकघर धेरै छ । रङ्गकर्मी धेरै छौँ । तर सामुहिक काम देखिन छाडेको छ’, अभिनेत्री बर्देवाले भनिन् । नाटकघरको व्यवस्थापनमा संलग्न भएपछि यसबारे बुझिरहेको उनको भनाई थियो ।

चार दशकको रङ्गमञ्च यात्रामा फरकफरक रुपमा बुझ्न पाएको अभिनेता बरालले बताए । ‘हिजो र आज नाटक परिवर्तन देखिएको छ । विदेशी नाट्यकर्मीसँग हामीले साक्षात्कार गर्न पाइरहेका छौँ । यद्दपि अन्य क्षेत्र झैँ अहिले ग्लामर यहाँ भित्र्याउने कि नभित्र्याउने भन्ने प्रश्नको जवाफ छैन’, अभिनेता बरालले भने । व्यावसायिक पाटो भन्दा कला महत्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको उनले जानकारी दिएँ ।

समीक्षक उप्रेतीले रङ्गमञ्चलाई स्कुलकै शिक्षा मार्फत बुझाउनु पर्नेमा जोड दिए । ‘स्कुलकै पुस्तकमा रङ्गमञ्चको शिक्षालाई राख्न पहल गरिरहेको छु । तर सम्बन्धित निकाय हामी झैँ गम्भीर नहुँदा यसले विषय प्रवेश समेत पाएको छैन’, उहाँले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्