वैज्ञानिकको जीवनयात्रा ‘रकेट्री : द नम्बी इफेक्ट ’

समीक्षा । वैज्ञानिक नम्बी नारायणको जीवनमा आधारित रहेर तयार गरिएको फिल्म ‘रकेट्री ः द नम्बी इफेक्ट’ थियटर रिलिज भएको केहि समय वितिसकेको छ। यद्दपि ओटीटी रिलिज भने हालै गरिएको छ। फिल्म सम्पूर्ण भाषामा दुई ओटीटी प्लेटफर्ममा उपलब्ध भइसकेको छ । फिल्म मार्फत वैज्ञानिक नम्बीको जीवनयात्रालाई चित्रण गरिएको छ । उनले गरेका कामहरू , संघर्ष , भोगाईलाई समेटेर फिल्म तयार गरिएको छ । मिडियामा आएको एक खबरले उको परिवार र उनलाई पार्ने असर यसमा देखाइएको छ ।

उनी कुनै समय देशद्रोही घोषित भए । त्यसपछि उनले मात्र होइन , उनको परिवारले पनि धेरै कठिनाई झेल्नु पर्यो । उनी देशद्रोही प्रमाणित भएनन् तर आरोपी हुँदा नै उनले जीवनको अर्को भोगाईलाई देखे । उनले रकेटलाई विज्ञानको संसारबाट देशको नाम उच्च बनाएका थिए । धेरै कठिनाइसँग जुधेर उनले रकेट इन्जिन बनाए । उनको यही कामको कारणले भू–उपग्रह प्रक्षेपण गर्न अन्य देशको भर पर्नुपरेन। उनले भारतलाई दिएको सफलता हो यो । तर आरोपी हुँदा मात्र उनले प्रहरी र जनताबाट भोगेको अपमान मर्म स्पर्शी छ।

फिल्मलाई आर माधवनले निर्देशन गरेका छन् । फिल्ममा शिर्ष भूमिकामा उनै छन् । यसमा उनको लेख्न समेत रहेको छ । माधवनले नम्बीको बारेमा थाहा पाएपछि यो कथालाई आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने महसुश गरेको बताए । उनले एक अन्तर्वार्तामा यसमा आफ्नो महत्वकाँक्षी प्रोजेक्टको रुपमा बताएका थिए । ’यो कथा मेरो मनको निकै नजिक छ । यसलाई आम दर्शकसम्म पुर्याउन नै फिल्मको स्वरूप दिएको हुँ’ उनले भनेका छन् ।

कथाकै कारण उनले यसमा अभिनय मात्र गरेनन् , निर्देशन पनि गरे । लगानीकर्तालाई कन्भिन्स गर । किनकी उनलाई यो कथा धेरै दर्शकसम्म पुर्याउनु थियो । सन् २०१६ मा उनी नयाँ प्रोजेक्ट गर्ने तयारीमा थिए । उनलाई कसैले वैज्ञानिक नम्बी नारायणको बारेमा जानकारी दियो । त्यसपछि उनी भेट्न पुगे । उनले भेटेपछि आफैँमा पनि बदलाव महसुश गरे । विदेशी महिलासँग सम्बन्ध स्थापित गरेर देशको जानकारी बेचेको आरोप लागेका नम्बीले अदालतबाट सफाई पाएका थिए । तर , आरोपकै कारण उनले भोगेको यात्रा व्यक्त नगर्न सक्ने थियो । त्यसपछि माधवनले फिल्मको बनाउने सोच बनाए । उनलाई सात महिना लाग्यो स्क्रिप्ट बनाउन । हलमा ठीकठाक नै व्यापार गरेको फिल्म ,ओटीटीमा आएको छ । दर्शकको प्रतिक्रिया र भ्युज प्रारम्भिक नै छ । यद्दपि पछिल्लो समय दर्शकको आकर्षण ओटीटीमा छ ।

शाहरूख खानले विशेष भूमिकामा निर्वाह गरेका छन् । उनी हिन्दी र अंग्रेजी भाषाको फिल्ममा अन्तर्वार्ता गरिरहेको देखिएका छन् । तामिल भाषामा भने सूर्यालाई देख्न सकिन्छ । नम्बीको श्रीमतीको भूमिकामा मिना नारायण (सिमरन), उन्नी (साम मोहन), विक्रम साराभाई (रजत कपुर र तामिलमा रवि राघवेन्द्र), कलाम (गुलसन ग्रोवर)ले भुमिना निर्वाह गरेका छन् । फिल्ममा नम्बी बाल्यकाल देखि नै उम्दा विद्यार्थी हुन्छन । उनले आफ्नो कार्यकौशलताले नासामा काम गर्ने मौका समेत पाउछन् । यद्दपि देशमा नै उनलाई बोलाइएपछि उनी स्वदेश फर्किन्छन । आफ्नो श्रीमती मिनासँग स्वदेश फर्किएका नम्बीको संघर्ष सुरु हुन्छ । इस्रोमा बजेट कम त छ नै , उनले दक्ष टेक्निसियन पनि पाउदैनन् । तर उनको उदेश्य रकेट इञ्जिन बनाउनु हुन्छ । उनले भारतलाई अन्य देशको तुलनामा सक्षम बनाउने प्रण लिन्छन । तर , भावना र यथार्थ कहाँ एकै हुन्छ र ? उनले गर्ने संघर्ष छदैछ ।

उनी प्रिन्स्टन पुगेर प्रोफेसर प्रोफेसर लुइजी क्रकोसँग १० महिनामा थेसिस पुरा गरेका हुन्छन । मुन मिसनको सर्वश्रेष्ठ वैज्ञानिकको रुपमा लुइजी क्रकोलाई मानिन्छ । उनले लिक्विड इञ्जिन बनाउने सपना पुरा गर्न युरोपमा पुगेर आइडिया लिन्छन । उनी मात्र नभई आफूसँग ७२ वैज्ञानिक साथीहरु समेत लग्छन । किनकी यो टिम वर्क हो । उनी एक्लैले गर्न सक्ने केहि थिएन । त्यसैले उनी सरकारसँग आग्रह गरेर त्यहाँ पुग्छन । फ्रान्स पुगेर उनले सामान्य मजदुरी गर्दै त्यहाँ लिक्विड इञ्जिन बनाउने तरिका बुझिरहेका हुन्छन । उनले आफ्ना साथीहरुलाई विभिन्न डिपार्टमा समेत पुर्याउछन् । उनले आफूलाई फ्रेन्च भाषा नआउने भन्दै त्यहाँ काम गरिरहेका हुन्छन । यद्दपि त्यहाँ पुगेका सबै भाषामा पोख्त हुन्छन । त्यहाँबाट फर्किएर आएर इञ्जिन त तयार गर्छन । तर , त्यसलाई परिक्षण गर्न पुनः त्यहि पुग्नु पर्ने बाध्यता हुन्छ ।

उनी पुनः युरोप पुगेर परिक्षण गर्छन । र , त्यसको नाम विकाश इञ्जिन हुन्छ। उनले युरोप भन्दा सस्तोमा इञ्जिनको पार्ट पाउने भएपछि अन्य देशसँग किन्ने सम्झौता गर्छन । उनले यो सब भारतले दिएको बजेट र रकेट उडाउने सपना बोकेर गरिरहेका हुन्छन । उनी आफैँले पनि सिकाईको क्रममा ठुला वैज्ञानिकको घरमा काम समेत गर्छन । किनकी उनको सपना सामान्य छैन । तर उनलाई झुक्याएर देशलाई धोका दिएको भन्ने झुटो मुद्दामा फसाएका हुन्छन् र त्यही मुद्दाका लागि उनले २६ वर्ष लामो लडाइँ लडेपछि न्याय पाएका हुन्छन् ।

सन् १९९८ मा सर्वोच्च अदालतले नम्बी नारायणलाई निर्दोष घोषित गरेको थियो तर ८० वर्षीय नम्बी अदालतको यो निर्णयबाट खुसी हुँदैनन् । आफूलाई झुटो मुद्दामा फसाएकाहरूले सजाय नपाएसम्म सन्तुष्टि नहुने उनको अडान छ । किनकी उनले नासा छाडेर भारत आएर देशको लागि गरेको योगदानलाई आरोपले ध्वस्त बनाएको हुन्छ । उनी आफ्नो योगदान वा त्यागको प्रतिफल मार्फत खुसि हुदैनन् । उनको कारण परिवारले भोगेको पिडाले उनलाई सुख दिदैन । यहा एउटा वैज्ञानिकको जीवनभरको योगदान र एउटा आरोपले निम्त्याएको घटनालाई देखाइएको छ । फिल्मको कथा लेख्नमै झन्डै १८ महिना भन्दा बढी समय लगाएका माधवनले यसलाई जीवन्त देखाउने प्रयाश गरेका छन् । उनले नम्बीको भूमिकामा कुनै सम्झौता गरेका छैनन् । उनी दुरुस्तै छन् । उनले एउटा यस्तो व्यक्तिका बारेमा फिल्म बनाएका छन् , जो फिल्म हेरिसकेपछि धेरै कहाँ परिचित भएका छन् । देशको रक्षा सबैले आफ्नो किसिमले गरिरहेका हुन्छन । त्यहि एक हुन् , डाक्टर नम्बी नारायण । फिल्म ओटीटीमा हिन्दी , अंग्रेजी , तामिल लगायतका भाषामा उपलब्ध छ । हेर्दा तपाइको समय खेर जादैन । यसले भारतमा रकेट इञ्जिनको विकाश , कमर्सियल स्याटेलाइटको विकाशलाई बुझ्न मदत गर्छ ।

कमेन्ट गर्नुहोस्