दीपिका भन्छिन् ‘गृहिणी पनि हुँ’

फिल्म । अभिनेत्री दीपिका पादुकोणले अभिनेता रणवीर सिंहसँग विवाह गरेको झन्डै डेढ वर्ष भईसकेको छ । सन् २०१८ को डिसेम्बरमा यी दुइले विवाह गरेका थिए । झन्डै ६ वर्ष लामो प्रेम जीवनलाई विवाहमा परिणत गरेको जोडी एकअर्कै असीमित माया गर्छन् । दीपिका पनि रणवीरको निकै केयर गर्छिन् । उनि आफैमा राम्रो तथा व्यस्त एक्ट्रेस हुन् , यद्दपी उनि आफुलाई असल गृहणी भएको बताउछिन् ।

‘घरमा आउने महिना , हप्ता र दैनिक समानको लिस्ट म आफै बनाउछु । रणवीरको खानेकुरा देखि कपडासम्म पनि म आफैले सकेसम्म गर्छु’ दीपिकाले भनिन् । उनले घरलाई राम्रोसँग चलाउन असल गृहणी चाहिने तर्क पनि अगाडी सारिन् । ‘म बाहिर कलाकार भएपनि घरमा भने गृहणी नै हुँ , त्यसैले म सकेसम्म आफ्नो काम आफै गर्न रुचाउछु’ दीपिकाले भनिन् ।

पछिल्लो समय रणवीर ‘सिम्बा’ मा देखिएका थिए भने दीपिका ‘छपाक’ मा देखिएकी थिइन् । रणवीरको फिल्मले राम्रो व्यापार गरेपनि दीपिका फिल्मले भने राम्रो गर्न सकेन । यी दुइ आउँदो फिल्म ‘८३’ मा सँगै देखिदैछन् । रिलिजको तयारीमा रहेको फिल्मले कोरोना भाइरस (कोभिड १९) का कारण दर्शक माँझ आउन सकेन । साथै फिल्म ओटिटीमा रिलिज नहुने पनि निर्माण पक्षले बताईसकेका छन् । फिल्म सन् १९८३ मा भारतले वर्ल्ड कप जितेको कथामा बेस्ड छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्