तीज गीतमा नीर शाह (भिडियो)

संगीत । नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै छ । यसै अवसरमा कलाकारहरूले तिजका भाकाहरू बजारमा ल्याईरहेकाछन् । मौलिकताले भरिपुर्ण तिज गित सिर्जना गर्न माहिर सर्जक हरि विष्टले यसपालि ‘माइतीको देश २’ बोलको तिज भाका बजारमा ल्याईएकाछन् । उक्त गीतमा गायिका टिका पुनको आवाज रहेको छ ।

हरि विष्टको शब्द संगीत रहेको गीतको संगीत संयोजन झलक संगीतमले गरेका छन् । मौसम हिमालीले निर्देशन गरेको गीतमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ । करण चैसिरले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने प्रविण भट्टले म्युजिक भिडियो सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्