दीपिकाको स्वास्थ्य विग्रिएपछि रोकियो प्रभासको फिल्म ?

फिल्म । साउथ इन्डियन फिल्मका ठुला स्टार प्रभास र बलिउडकी दीपिका पादुकोणको अभिनय रहने भनिएको फिल्म ‘प्रोजेक्ट के’ को काम रोकिएको खबरले केहि समय यता चर्चा पायो ।दीपिकाको स्वास्थ्यमा समस्या आएपछि फिल्मको छायांकन रोकिएको भन्ने खबर भाइरल झैँ भयो । प्रभास यतिबेला सलार , प्रोजेक्ट के र आदिपुरुषमा काम गरिरहेका छन् । दीपिकाको कारण छायांकन रोकिएपछि प्रभासलाई सेड्युल मिलाउन समस्या परिरहेको खबर एकपछि अर्को मिडियामा आएपछि निर्माण पक्षले बोलेका छन् ।

फिल्म निर्माता मध्येकी एकले दीपिकाको कारण केहि समय मात्र फिल्मको काम रोकिएको बताएकी छिन् । ‘दीपिकाको ब्लडप्रेसर बढेपछि चेकअपका लागि अस्पताल गएकी हुन् । उनी फर्किसकेकी छिन् । उनी प्रोफेसनल कलाकार हुन् । उनको कारण केहि घण्टा मात्र फिल्मको छायांकन रोकिएको हो । उनको कामको बारेमा गलत हल्ला नफैल्याउ’ उनले भनिन् ।

यसमा अमिताभ बच्चनको पनि अभिनय रहने छ । निर्देशक नाग आश्विनले फिल्ममा तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिने बुझिएको छ । साइन्स फिक्सन फिल्मलाई लिएर प्रभाससँगै दीपिका पनि उत्तिकै उत्साहित छिन् । यो प्रभाषले अभिनय गरिरहेको २१ औं फिल्म हो । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाषसँगै अमिताभ पनि एकसाथ पर्दामा देखिन लागेपछि फ्यानको उत्साह पनि बढेको छ । हिन्दी, तमिल र तेलुगु भाषामा फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्