‘समर लभ’ फस्ट लुक आउट

फिल्म । फिल्म ‘समर लभ’ को फस्ट लुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा फिल्मको रिलिज मिति र क्यारेक्टरलाई प्रस्तुत गरिएको छ । युवा लेखक सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ भ्यालेन्टाइन डेलाई लक्षित गर्दै माघ २५ मा रिलिज हुदैछ । आशिष पिया , रेवती क्षेत्रीले यसै फिल्म मार्फत नेपाली फिल्ममा डेब्यु गर्दैछन । यसमा आशिष ‘अतित’ र रेवती ‘साया’ को भूमिकामा छन् । ‘नाइँ नभन्नू ल ३’ निर्देशक मुस्कान ढकालले फिल्मको निर्देशन गरेका हुन् ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मलाई अर्जुन जिसीले सम्पादन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्