फिल्म । कोरोना भाइरसको कारण सिर्जित अवस्थामा ओटीटी प्लेटफर्ममा फिल्म रिलिज र दर्शक बढिरहदा गत जनवरी १३ मा रिलिज भएको फिल्म ‘मास्टर’ ले हलमै सय करोड भन्दा बढी कमाइ गरेको छ । फिल्मले तमिलनाड्डुबाट ८१ करोड र आन्ध्र प्रदेशबाट २० गरी सय करोड कमाइ गरेको हो । फिल्मले कर्नाटकबाट १४ करोड, केरलाबाट ७ करोड र भारतका अन्य राज्यबाट ३ करोड हाराहारी कमाइ गरेको छ । कुल गरेर फिल्मले १ सय २५ करोड कमाइ गरेको हो ।
रिलिज अगावै हाइप बनाउएको फिल्मले दर्शकको साथ सोच अनुसार नै पायो । थलापथी विजय र विजय सेतुपती अभिनित फिल्ममा एक ‘मास्टर’ ले विकृति रोक्दै बच्चाहरुलाई बचाउने कथा देखाईएको छ । जड्याहा मास्टरले आफ्नो जीवनसँगै बालबालिकालाई कुलतबाट बचाउदै अपराध रोक्ने कथालाई दर्शकले रुचाएका हुन् । तमिलसँगै तेलुगु , मलयालम र हिन्दी भाषामा रिलिज भएको फिल्मले कुल व्यापार १ सय २५ करोड नघाउन सफल भएको हो । फिल्मको हिन्दी डबिङ दमदार नभएको गुनासो दर्शकबाट आइरहदा त्यसको प्रभाव व्यापारमा देखिएको छ । फिल्मको हिन्दी भाषाको व्यापार निकै कम छ । (एजेन्सी)










