फिल्म । अभिनेत्री नीता ढुंगाना अभिनित तथा निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ को सार्वजनिक ट्रेलरलाई दर्शकले रूचाएका छन् । नेपाली र भारतीय कलाकारको अभिनय रहेको फिल्मको उच्च मेकिङ र पावरफुल स्टारकास्टलाई दर्शकले साथ दिएका छन् । फिल्मको ट्रेलर ट्रेन्डिङमा पर्नुका साथै बाह्र लाख भन्दा बढी भ्यूज बटुलिसकेको छ ।
देवधाममा राज गरेका बसेका महामन्थ (प्रदीप रावत) को क्यारेक्टर परिचयसँगै सुरु भएको ट्रेलरमा सरोज खनालले न्यारेटर गरेका छन् । हरि (हरिहर अधिकारी) र नारायणी (नीता ढुङ्गाना) को जोडीले प्रेम सम्बन्धको रक्षाको लागि गर्ने संघर्षको कथावस्तु वरपर फिल्म घुमेको आभाष गराउने ट्रेलरमा साउन्ड, एक्सन र संवादको हाई क्वालिटीका कारण दर्शकहरु आकर्षित भएकाछन् ।
चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाल र भारतका कलाकारले संयुक्त रुपमा अभिनय गरेका छन् । कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निर्देशक पन्तले एउटा पूर्ण रूपको फ्यामिली ड्रामा भन्न रुचाउछन् । उनले फिल्ममा ब्रह्मानन्दमको अन्य भन्दा धेरै लामो भूमिका रहेको बताए ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।