‘द फेडरेशन अफ मोसन पिक्चर प्रड्यूसर्स इन एसिया’ मा नेपाल पनि सदस्य

फिल्म । नेपाल चलचित्र निर्माता संघले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘द फेडरेशन अफ मोसन पिक्चर प्रड्यूसर्स इन एसिया’मा सदस्यता प्राप्प्त भएको जनाकारी गराएको छ । संघका अध्यक्ष आकाश अधिकारीले आफु चीनमा भएको फेडरेशनको कार्यक्रममा सहभागी भएको र २४ देश समावेश कार्यक्रममा नेपाली फिल्मलाई चीनमा प्रदर्शन गर्न प्रस्ताव राखेको जानकारी दिए ।

‘केहि समय अगाडी नै जानकारी गराउने सोच थियो तर विविध कारणले ढिला भए’ उनले कर्यक्रमा बोल्दै भने ‘हामीले चीनमा फिल्म प्रदर्शन गर्न पाएमा हाम्रो लागि त्यो ठुलो बजार सावित हुनेछ ।’ उनले अबको बैठकमा केहि फिल्म लिएर जाने बताए ।

‘फिल्मको ३-५ मिनेटको प्रमोसनल एड र सिनोप्सिस ती २४ राष्ट्रका प्रतिनिधिबीच देखाउछु’ उनले आफु ५ वर्षको लागि द फेडरेशन अफ मोसन पिक्चर प्रड्यूसर्स इन एसियामा सदस्यको रुपमा नेपाल रहने समाते स्पष्ट पारे । संस्थाको १७ जनाको बोर्ड कमिटीमा आकाश पनि कार्यकारी सदस्य बनेका छन् । साथै , उनले वर्मा र सिक्किममा पनि नेपाली फिल्म प्रदर्शनको प्रस्ताव अघि बढाएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्