जब एनएसडीबाट रिजेक्ट भए मनोज

फिल्म । बलिउडमा पाएको भूमिकालाई न्याय गर्ने कमै कलाकार छन् , जसमध्येका एक हुन् मनोज बाज्पायी । पछिल्लो समय एकपछि अर्को फिल्ममा आफ्नो अभिनय जादु छर्दै अगाडी बढिरहेका मनोजको लागि यो नाम बनाउन सहज भने थिएन । उनले यसको लागि निकै संघर्ष गरेका छन् । मध्यमवर्गीय किसान परिवारका छोरा थिए , मनोज । उनलाई पिताले डाक्टर बनाउन चाहन्थे ।

मनोजको पिताकै सपना थियो डाक्टर बन्ने । तर , उक्त समयमा एडमिसन गर्न पैसा नभएपछी त्यो सपना अधुरो रहेको थियो । त्यसैले मनोज माथि पिताले त्यो सपना पुरा गर्ने दायित्व सुप्मेका थिए । यद्दपी मनोज भने डाक्टर तर्फ नभई अभिनयमा आकर्षित थिए । किनकी उनले होस् सम्हाल्दै नै आफु फिल्मको पर्दामा देखिन्छु भन्ने सोचेका थिए । तर , निकै शान्त स्वभावका मनोजको मनोबल बढाउने काम स्कुलमा भयो ।

‘एक पटक स्कुलमा एउटा इभेन्ट थियो । त्यसैले क्लासमा आएर शिक्षकले कसले सहभागिता जनाउने भनेर सोध्नु भयो ? त्यहाँ कसैले नबोलेपछी शिक्षक आफैले मलाइ हरिवंश राजजीको कविता ‘जो बित गयी , वो बात गयी’ हरेक दिन क्लासमा सुनाउनु भन्नु भयो । उक्त इभेन्ट नआउँदासम्म मैले हरेक दिन त्यो कविता क्लासमा सुनाए’ मनोजले भने । यसरी उनको अभिनय वा प्रस्तुतिको यात्रा सुरु भयो ।

अभिनयमा आफुलाई देखिरहेका मनोजले नेशनल स्कुल अफ ड्रामाको बारेमा थाहा पाए । उनले अभिनेता नसिरुद्दीन साहको एक अन्तर्वार्ता पढेका थिए । जहाँ एनएसडीको बारेमा लेखिएको थियो । त्यति मात्र होइन राज बब्बर , ओम पुरी लगायतका केहि कलाकारको अन्तर्वार्ता पनि एनएसडीकै कुरा गरिएको थियो । त्यसपछि मनोजलाई लाग्यो कि अभिनेता बन्नु छ भने त्यहाँ गएर सिक्नै पर्छ । यद्दपी त्यो उनको लागि सहज भने थिएन ।

‘म कक्षा ५ मा पढ्दा नै दिल्ली जाने योजना बनाएको थिए किनकी मलाइ ग्राजुएसनपछी एनएसडीमा पुग्नु थियो’ मनोजले भने । कक्षा १२ पास गरेपछि मनोजले पनि दिल्ली जाने तयारी गर्न थाले । तर , उनलाई सहज भने थिएन । उनले आफैसँग कक्षा ४ देखिकै स्कुले साथीसँग सहयोग मागे । टिकट नभए पनि लागे दिल्ली । किनकी उनलाई त्यहाँ पुग्नु नै थियो । ‘म सँग टिकेट थिएन । त्यसैले चेक गर्न आउँदा अर्को डब्बामा जान्थे । अन्तिम डब्बाबाट स्टेसनमा रोक्दा फेरी आफ्नो डब्बामा फर्किन्थे । यसरी दिल्ली पुगेको थिए’ मनोजले भने । यति दु:ख गरेर दिल्ली पुग्दै गरेका मनोजले आइटीयो पुलबाट दिल्ली नियाल्दै आफ्नो पोस्टर सहरमा हुने प्रण गरे ।

दिल्ली युनिभर्सिटीमा ३ वर्ष पढाई गर्दा उनले ‘स्ट्रीट थियटर’ ज्वाइन गरे । किनकी उनको चाहना त यहिँ थियो । यद्दपी उनलाई एनएसडीमा पुग्नु थियो , त्यहाँ अभिनय सिक्नु थियो । उनि त्यहिँ अनुरुप गए , एनएसडी तर त्यहाँ उनको सेलेक्सन भएन । ‘म त्यो दिन निकै रोए । किनकी मेरो सपना टुटेको थियो । एनएडडीबाट रिजेक्ट भएपछी म यतिसम्म टुटेको थिए कि म सँग एक जना साथीसँगै हुन्थे । मैले आत्महत्या गर्छु भन्ने डर थियो , उनीहरुलाई’ मनोजले पुरानो समय सम्झीए ।

त्यसपछि उनलाई एक साथीले सुझायो , थियटर वर्कसप गर्नलाई । ‘मैले एक सम्भव ग्रुपको बारेमा थाहा पाए , जहाँ एनएसडीका धेरै थिए । त्यसपछि मैले त्यहाँ वर्कसप गर्ने निर्णयका साथ अगाडी बढे । ३ सय ६५ दिनको थियटर गर्न मसँग पैसा पनि थिएन । एक साथीले २ हजार दिएपछि मैले त्यहाँ एडमिसन गराए’ मनोजले भने । मनोजको त्यो सपना नै थियो । उनले त्यहाँ ३ सय ६४ दिन सहभागिता जनाए । त्यो देखेर सबै चकित थिए । उनि यतिसम्म लगनशील थिए । त्यसपछि उनि पुनः एनएसडी गए । किनकी वर्कसपको दौरान पाएको प्रतिक्रिया मनोजमा केहि उत्साह थपेको थियो । यद्दपी यसपटक पनि उनले एडमिसन पाएनन् । उनि चकित थिए , किनकी एनएसडीको शिक्षकहरुसँग उनले थियटर पनि गरेका थिए ।

‘म आफैले बुझ सकिरहेको थिइन् कि म कहाँ गलत छु ? किन मेरो सेलेक्सन भइरहेको छैन ? मैले त्यो अझै बुझ्न सकेको छैन’ मनोजले कहिँ कतैबाट जवाफ पाएनन् । दोस्रो पटक एनएसडी प्रवेशमा फेल भएका मनोजले ब्यारी जोनसँग काम गर्ने अवसर पाए । प्राय अंग्रेजी थियटर गर्ने ब्यारीले हिन्दी गर्न लागेका थिए , जहाँ मनोज सेलेक्ट भए । ‘मलाइ जोनले एसिस्ट गर्न अफर गरे । त्यसका लागि मैले १५ सय पाउथे भने उनले एनएसडीको लागि तयारी पनि गराउने बताएका थिए’ मनोज भन्छन् ,’त्यसपछि मैले त्यहाँ काम गर्न थाले । उनले केहि पुस्तक पनि दिए पढ्नलाई ।’ त्यसपछि मनोज तेस्रो पटक एनएसडी पुगे , एडमिसनको लागि । त्यतिबेलासम्म मनोज दिल्लीको थियटरमा चिनिएको नाम बनिसकेका थिए ।

तर , पनि उनलाई एनएसडीमा पढ्नु नै थियो । किनकी उनको यो बाल्यकाल देखिकै सपना थियो । ‘तेस्रो पटक पुग्दा मैले गरेको अभिनयमा सबै खुसि भए र मलाइ सोधे एनएसडी नै किन ? मैले भने म अरुसबै छाडेर केवल अभिनयमा फोकस गर्न चाहन्छु र यो प्रशिक्षण बाहिर पाइदैन । तिन वर्षसम्म म अन्य कुरा छाडेर अभिनय मात्र बुझ्न चाहन्छु’ मनोजले भने । तर , यसपटक पनि उनको एडमिसन भएन । यद्दपी उनलाई त्यहाँ टिचर बन्ने प्रस्ताव आयो । बाल्यकाल देखि बोकेको सपना पुरा नहुँदा जति दुखि थिए मनोज त्यति नै आएको प्रस्तावले खुसि पनि । त्यसपछि उनले पितालाई पत्र मार्हत आफु डाक्टर बन्न नसक्ने जानकारी दिए ।

अभिनय यात्रामा निस्किएका मनोजलाई सहज भने थिएन , किनकी उनको बलिउडमा चिनजान कोहि थिएनन् । उनले जे गर्नु थियो , आफ्नै दममा गर्नु थियो । उनलाई एक दिन तिंगमांशु धुलियाले शेखर कपूरले बोलाएको भन्दै लिन आए । ‘पहिला त मलाइ मजाक लाग्यो किनकी मेरो स्ट्रगल चलिरहेको थियो । तर , म पछी उनलाई भेट्न गए । त्यहाँ मलाइ ब्याण्डिट क्विनमा विक्रम मल्लाहको भूमिका दिइयो’ मनोजले सम्झिए । तर , त्यो रोल निर्मल पाण्डेलाई दिइयो । किनकी शेखरको पहिलो रोजाई नै निर्मल नै थिए । निर्मल लण्डन गएकोले मनोजलाई बोलाइएको रहेछ । त्यसपछि मनोज थियटर गर्न नै कलकत्ता पुगे ।

‘त्यहाँ मलाइ फोन आयो तिंगमांशुको र उनले मलाइ तत्कालै दिल्ली बोलाए । किनकी त्यहिँ फिल्मको मान सिंहको क्यारेक्टरलाई नसिरुद्दीनले छाडेका थिए , जुन मलाइ दिइयो’ मनोजले आफु निकै खुसि भएको बताए । उक्त फिल्मपछी शेखरकै सल्लाहमा मनोज दिल्लीबाट मुम्बई पुगे । त्यहाँ उनलाई सुरुवाती दिन झनै कठिन भयो किनकी त्यहाँ थियटर पनि गर्न सकिरहेका थिएनन् । दिल्लीमा बनाएको आफ्नो रिलेशन छाडेर उनि मुम्बई पुगेका थिए । उनले त्यहाँ सन् १९९३ देखि १९९७ सम्म संघर्ष गरे ।

संघर्षकै क्रममा एक सिरियलमा कम गर्ने अवसर मिल्यो । तर , फस्ट टेकमै उनलाई अभिनय नराम्रो गरेको भन्दै निकालियो । ‘त्यहाँ साथ् दिने कोहि थिएनन् निकै दुख सहनु पर्यो त्यो चार वर्ष’ मनोजले भने । त्यसपछि उनले ‘स्वाभिमान’ सिरियलमा काम गर्ने अवसर पाए । १० एपिसोडको लागि भनेर उनलाई काम गराइयो । ‘मेरो पहिलो एपिसोड हेरेरै महेश भट्टले मलाइ हतास नहुनु भने । सबैको अगाडी उनले मलाइ राम्रो अभिनेता भन्दै मुम्बई नछाड यसले तिमीलाई धेरै कुरा दिन्छ भनेका थिए’ मनोजले त्यसलाई हौसलाको रुपमा लिन्छन् ।

त्यसपछी मनोजले धेरै एपिसोडसम्म सिरियलमा काम गरे । त्यहिँक्रममा उनले राम गोपाल वर्माको ‘दौड’ फिल्मको एक क्यारेक्टरको लागि सेटमा पुगे । त्यहाँ राम गोपालले मनोजलाई तिमीले के गरेका छौ भनेर सोधे । मनोजले आफुले मान सिंहको क्यारेक्टर गरेको बताए । त्यसपछि राम गोपाल चकित भए । ‘उहाँले मलाइ यो फिल्म नगर म अर्कै फिल्म बनाउछु त्यो पनि तिमीलाई लिएर भन्नु भयो । तर , मलाइ पैसाको लागि पनि फिल्म गर्नु थियो । त्यसैले दौडमा सानो भूमिका निर्वाह गरे’ मनोजले भने । दौडपछी राम गोपालले मनोजलाई लिएर ‘सत्या’ फिल्म बनाए । त्यो फिल्मले मनोजको करियरलाई गन्तव्य नजिक पुर्यायो । त्यसपछि उनले संघर्षका दिनलाई बिदाइ गरे । यस्तै संघर्षलाई पार गर्दै मनोजले आज यो नाम बनाउन सफल भएका छन् । (एजेन्सीहरुको सहयोगमा)

कमेन्ट गर्नुहोस्