ओस्कार विजेताले लेखे ‘नेपाल आउनु पाउँदा खुसि छु’

फिल्म । ओस्कार विजेता अभिनेता एड्रियन ब्रोडीले हालै सगरमाथा आधा शिविरसम्मको भ्रमण पूरा गरेका छन् । गत साता नेपाल आइपुगेका अभिनेता ब्रोडीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सगरमाथा आधा शिविरसम्मको यात्राबारे जानकारी गराएका हुन् । नेपाल आएलगत्तै द्धारिका होटलमा बसेका उनीसहितको टोली सितापाइलास्थित एक गुम्बामा रहेका आनीहरुको कुम्फु आर्ट हेरेका थिए । उनीसँग यस भ्रमणमा सुपरमोडल अन्ना एन्ड्रेस र फ्रिडा आसेनसहितको टोलीले सगरमाथा आधा शिविरसम्मको ट्रेक पूरा गरेको हुन् ।

‘फेरि नेपाल आउनु पाउँदा खुसी छु । यसपटक कुम्फु आर्टमार्फत सशक्त भइरहेका बालिकाहरु सहकार्य गरेर उनीहरुको ज्ञान बुझ्ने अवसर पाएँ । यो माहोल मिलाइदिएकोमा सबैप्रति आभारी छु। नमस्ते।’ उनले नेपालबाट आफ्नो सोसल मिडियामा स्टाटस अपडेट गरे । उनी चार वर्षअघि नेपाल भ्रमणमा आएका थिए । विनासकारी भूकम्पले क्षतिग्रस्त काभ्रे र सिन्धुपाल्चोकमा विभिन्न स्थानमा पुगेर स्थानीयहरुलाई सहयोग गरेका थिए । ‘द पियानिस्ट’ का लागि एकेडेमी अवार्ड जितेका हलिउड अभिनेता एड्रियन ‘मिडनाइट इन पेरिस’, ‘थ्रर्ड पर्सन’, ‘द ग्राण्ड बुडापेस्ट होटेल’, ‘द भिलेज’, ‘हाई स्कुल’ र ‘किङ कङ’ लगायत फिल्ममा अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्