फिल्म । अभिनेत्री नम्रता श्रेष्ठको निर्माण तथा अभिनय रहेको फिल्म ‘जाइरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । सोलो रिलिजको पाएको यो फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । यसमा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत छिन् । फिल्ममा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । प्राय लभर गर्लको भूमिका पहिलो पटक उनले एक्सन भूमिका गरेकी हुन् ।
नम्रतासँगै यस फिल्ममा प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा नम्रता र अनुप श्रीमान्-श्रीमतीको भूमिकामा देखिएका छन् । भने, प्रमोद नेगेटिभ भूमिकामा छन् । उनी फिल्मका मेरुदण्ड हुन् । शुक्रबार बिहान राजधानीको लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा ‘जाइरा’ का कलाकार, निर्माता र निर्देशकले सञ्चारकर्मीसँग बसेर फिल्म हेरे । स्पेशल शोमा केही फिल्मकर्मीहरु पनि उपस्थित थिए । फिल्म हेरेका अधिकांसले नम्रताको मेहनतको प्रसंसा गरे ।
निर्देशक श्रेष्ठ र निरोज महर्जनले पटकथा तयार पारेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।
तस्वीरहरु : आर्यन बिमली






















