प्रिमियरमा रुचाईयो ‘माईकल अधिकारी’

फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘माइकल अधिकारी’को बुधबार बेलुका गोपीकृष्ण मल्टिप्लेक्समा प्रिमियर गरिएको छ । सेरोगेसीको कथामा निर्माण भएको ‘माइकल अधिकारी’ लाई प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिज्ञसम्म सहभागी रहे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेदेखि अभिनेत्री रेखा थापा, गीतकार एवं चिकित्सक डा. भोला रिजाल, अभिनेता शिव श्रेष्ठ, रमेश उप्रेती, गायक आनन्द कार्की, गायक एवं संगीतकार चेतन सापकोटा लगायतको सहभागिता थियो ।

रञ्जित रौनियारको निर्देशनमा तयार भएको फिल्मको प्रस्तुति र कथावस्तुलाई उपस्थितले रुचाए । विशेषत फिल्मले मनोरंजनसँगै दिने संदेशले चेतना फैल्याउने उपस्थितको विश्वास छ । फिल्ममा सौगात मल्ल र सृष्टी श्रेष्ठले निम्नवर्गीय दम्पतिको भूमिका निर्वाह गरेका छन् । सृष्टिले ‘सेरोगेट मदर’को भूमिका निर्वाह गरेकी छन् । पैसाको लागि सृष्टी आफ्नो कोखबाट अरु कसैको बच्चा जन्माएपछि आउने उतारचढावलाई फिल्ममा देखाइएको छ । फिल्मका कलाकारहरु सौगात मल्ल, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधरदेखि निर्माता नीरक पौडेल प्रिमियरमा थिए ।

राप्रपा नेता समेत रहेका फिल्मकर्मी उद्धव पौडेलको प्रस्तुति रहेको ‘माइकल अधिकारी’ शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ । गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित फिल्ममा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल र केभिन परियारलगायतको पनि अभिनय छ ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको फिल्ममा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ । फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन् । फिल्मलाई जीजीए ग्रुप र रीच इन्टरटेनमेन्टका लागि करण श्रेष्ठले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्