साम्राज्ञी भन्छिन् ‘आँशु कन्ट्रोल गरे’

फिल्म । साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘ड्रिम्स’ मार्फत रजतपटमा उदाईन । उनले डेब्यु फिल्ममै पपुलर स्टार अनमोल केसीको अपोजिटमा काम गरेकीले चर्चा पाइन् । त्यो चर्चालाई उनले आफ्नो काम मार्फत प्रसंसामा परिणत गर्न सफल भइन । यिनै साम्राज्ञीलाई ‘बोल्ड’ एक्ट्रेस भन्ने गरिन्छ । तर उनले पछिल्लो फिल्म ‘मारुनी’ मा आफु भन्दा पनि आफ्नो डायलग बोल्ड भएको बताइन ।

‘सबैले भन्छन् मलाइ बोल्ड तर यहाँ संवादनै बोल्ड थियो’ उनले भनिन् । उनले फेरी आफु टिमसँग काम गर्न तत्पर रहेको खुलाइन । ‘यो टिमसँग पुनः काम गर्ने ईच्छा छ , किनकी टिम निकै राम्रो छ’ उनले भनिन् । उनले निर्मात्री पुनम गौतम , निर्देशक नवल नेपालले आफुलाई निकै ‘कम्फर्ट’ फिल गराएको बताइन । ‘मलाइ अभिनयमा समेत हेल्प पुग्यो’ उनले अनुभव सुनाइन । त्यसो त उनलाई सुरुवाती चरणमा भने क्यारेक्टरलाई पर्दामा उतार्न सक्छु जस्तो लागेको थिएँन ।

‘मलाइ अफर आउँदा मैले त्यो क्यारेक्टरलाई न्याय गर्न सक्छु भन्ने लागेको थिएन’ उनि भन्छिन् ‘नवल दाइले कन्भिन्स गर्नु भयो र आज आफ्नो ट्रेलर हेर्दा नै छुटै अनुभव गरे ।’ उनले फिल्म प्रस्ताव हुँदा आफ्नो क्यारेटर गर्न सक्दिन कि भन्ने डर रहेको पनि सुनाइन । तर उनले जातिलाई शेयर गरिन् सबैले क्यारेक्टर राम्रो रहेको भन्दै फिल्म गर्न सुझाए । फिल्म आउँदो तीजलाई लक्षित गर्दै भाद्र १३ बाट प्रदर्शनमा आउंदैछ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा साम्राज्ञीसंगै पुष्प खड्का र रेविका गुरुङको मुख्य भुमिका रहेको छ । फिल्ममा उनीहरुको साथै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । नवल नेपालले निर्देशन गरेको फिल्मलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । यो फिल्मको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन् । संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् । फिल्मको ट्रेलर साहिल खानले तयार पारेका हुन् ।

कमेन्ट गर्नुहोस्