नरेशलाई सम्मान

106 Shares

देश । विगत दुइ दशक भन्दा लामो समय देखि सञ्चारको विभिन्न माध्यमबाट रङ्ग पत्रकारितामा सक्रिय रहेको भन्दै लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई सम्मानित भएका छन् । जय होस् डटकममा प्रधान सम्पादक समेत रहेका भट्टराई इमेज एफएममा कार्यरत छन् । उनलाई चलचित्र पत्रकार संघले स्थापना दिवसको अवसरमा आयोजित समारोहका बीच सम्मान गरेको हो ।

विक्रम संवत २०५६ साल जेठ ७ गते गठित संघले २० औ स्थापना दिवस तथा १७ औ पत्रकारिता दिवस मनाएको हो । माननीय सूचना तथा सञ्चारमन्त्रि गोकुल बास्कोटाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा ‘ राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान – २०७६’ बाट नरेशलाई सम्मान गरिएको हो । सञ्चारमन्त्रि र संघका अध्यक्ष सन्दीप सापकोटासँगै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।

‘मलाइ सम्मानले अझै दायित्व थपेको छ’ नरेशले भने । उनले सञ्चारकर्मलाई निरन्तरता दिईरहने समेत बताए । नरेशसँगै श्याम स्मृतलाई ‘ राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७६’ कुवेर गिरी र शारदा थापालाई ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ र फोटो पत्रकार विनोद पोखरेललाई ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७६’ प्रदान गरिएको छ । जयहोस् डटकमको तर्फबाट सम्मानित , पुरस्कृत तथा प्रोत्साहन पुरस्कार प्राप्त गर्ने सम्पूर्णलाई हार्दिक बधाई ।

Facebook Comments