फिल्म । अन्तत अभिनेता ऋषि कपूर क्यान्सर फ्री भएका छन् । उनले क्यान्सरको स्फाल उपचार गराएसंगै उनलाई सामाजिक सञ्जालमा सबैले शुभकामना दिईरहेका छन् । पछिल्लो केहि महिना यता अभिनेता कपूर क्यान्सरको उपचारका लागि न्युयोर्कमा थिए । उनिसंगै उनकी पत्नी नीतु पनि थिइन् । ऋषिले बेलाबखतमा अभिनय गर्ने इच्छा जाहेर गर्दै आएका थिए । उनले उपचारकै क्रम भेटघाट हुनेलाई पनि बलिउडको बारेमा सोध्ने गर्थे । पछिल्लो समय मुल्क नामक फिल्ममा देखिएका ऋषिले अब केहि समयको विश्रामपछि पुनः फिल्ममा अभिनय गर्नेछन् । ऋषिको सफल उपचारसंगै उनका छोरा रनबीर कपूर र आलिया भट्टको विवाहको खबरले पनि चर्चा पाइरहेको छ । आउँदो वर्ष सन् २०२० मा विवाह हुनसक्ने सम्भावना भारतीय मिडियाले औल्याएका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्