‘डाक्टर स्ट्रेन्ज’ को सिक्वेल बन्ने

फिल्म । सन् २०१६ को नोभेम्बरमा रिलिज भएको फिल्म ‘डाक्टर स्ट्रेन्ज’ को सिक्वेल बन्ने भएको छ । फिल्मको कथाको काम भईरहेको खबर डेलीमेलमा प्रकाशित छ । नेपालमा समेत छायाँकन गरिएको डाक्टर स्ट्रेन्जमा शिर्ष भूमिका बेनेडिक्ट कम्बरब्याचले निर्वाह गरेका थिए । उनले त्यसपछी थोर र एवेन्जर्स सिरिजमा पनि आफुलाई प्रस्तुत गरिसकेका छन् ।

यसैले गर्दा सिक्वेलमा पनि बेनेडिक्ट नै देखिन सम्भावना छ । त्यसो त निर्माण कम्पनि मार्वल स्टुडियो हेरफेर सम्बन्धि केहि जानकारी बाहिर ल्याएको छैन , यसैले गर्दा पनि डाक्टर स्ट्रेन्जको भूमिकामा बेनेडिक्ट नै देखिनेछन् । फिल्मलाई स्कोट डेरिक्सनले नै निर्देशन गर्नेछन् ।

कमेन्ट गर्नुहोस्