फिल्म । भारतीय अभिनेता रजनिकान्तलाई मास इन्टरटेनर भनेर चिनिन्छ । उनले आम दर्शकलाई हुने फिल्म मार्फत आफुलाई सुपरस्टार बनाएका छन् । यिनै राजनि पछिल्लो समय फिल्म ‘२.०’ मा देखिएका थिए । त्यसपछि उनलाई कुन फिल्ममा देख्न पाइने हो भन्ने दर्शकलाई कौतुहलता थियो ।
यसै बीच लाइका प्रोडक्सनले नयाँ फिल्म दरबारको फस्टलुक सार्वजनिक गरेका छन् । जसमा रजनिकान्त पुलिस अफिसरको लुक्समा देखिएका छन् । फिल्ममा उनि बिन्दास अफिसरको भूमिकामा देखिनेछन् । फिल्ममा अन्य कलाकारको हुनेछन भन्ने बारे खुलाइएको छैन । साथै फिल्मलाई एआर मुर्गाडोसले निर्देशन गर्नेछन् । एआर निर्देशित गजनी , होलिडे , अकिरा लगायतले चर्चा पाएको थियो ।
Here We Go! #Thalaivar167 😎 is #Darbar 🌟@rajinikanth @ARMurugadoss #Nayanthara @anirudhofficial @santoshsivan @sreekar_prasad pic.twitter.com/bNoEhne6xo
— Lyca Productions (@LycaProductions) April 9, 2019
कमेन्ट गर्नुहोस्