फिल्म । भारतीय अभिनेता सलमान खानले हालै ५९ औँ जन्मोत्सव मनाएका छन् । उनी यो उमेरसम्म अविवाहित नै छन् । बेलाबखतमा उनको विवाहको चर्चा हुने गर्छ । फिल्मले बक्सअफिसमा गर्ने ब्यापारका कारण चर्चामा आउने सलमान आफ्नो प्रेम जीवनका कारण उत्तिकै चर्चामा आउने गरेका छन् । हालै उनको पूर्व प्रेमिका भनेर चिनिने सङ्गीता विज्लानीले दिएको एक स्टेटमेन्टका कारण बि-टाउनमा चर्चा बढेको छ ।
कुनै समय विवाहको कार्ड छापेर पनि सलमानले विवाह नगरेको खबर भारतीय मिडियामा जताततै छ । तर, उनले को सँग विवाह गर्दै थिए ? भन्ने बारे खासै खबर मिडियाले दिएका थिएनन् । यद्यपि हालै सङ्गीतले एक रियालिटी शोमा आफ्नो र सलमानको विवाहको कार्ड छापिएको सङ्केत गरेकी छिन् ।
उनलाई उक्त शोमा सहभागी एक प्रतियोगीले सलमानसँगओ विवाह बारे प्रश्न गर्दा उनले नकार्न सकिनन् । उनले भनिन्,’यो त हो, सबैलाई थाहा छ । ठिकै छ । हामी अगाडि बढौँ ।’ यसबाट सलमानले विवाह गर्न कार्ड छापेर पनि पछि हटेको प्रेमिका सङ्गीता रहेको प्रष्ट भएको छ ।