दोधारमा शाहरुख ?

फिल्म । बलिउडमा दर्शक मार्फत रोमान्स किङ्गको उपाधि पाएका कलाकार हुन् , शाहरुख खान । उनले अभिनय गरेका अधिकांस रोमान्टिक ड्रामालाई दर्शकले रुचाए । तर , पछिल्लो समय शाहरुखको समय ठिक छैन । ‘दिलवाले’ यता रिलिज भएका उनको फिल्मले दर्शकको साथ् पाउँन सकेको छैन भने बक्स अफिस खस्किँदो अवस्थामा छ । यसबीच उनले आफुलाई धेरै फिल्ममा प्रयोग गरे , तर दर्शकक साथ् पाएनन् । पछिल्लो फिल्म ‘जिरो’ पनि असफल भएपछी शाहरुखले अहिले नयाँ फिल्म गरेका छैनन् । उनले फिल्म र वेब सिरिज निर्माणमा ध्यान दिएका छन् ।

बेलाबखतमा शाहरुखले काम गर्ने फिल्मको चर्चा नहुने हैन , तर आधिकारिक घोषणा अझै भएको छैन । उनले बलिउडका सफल निर्देशक राजकुमार हिरानीसँग काम गर्ने चर्चा पनि छ । यदि यो चर्चा सत्य हो भने फिल्म सोसल ड्रामा हुनेछ । यसका साथै उनले साउथ इण्डियन निर्देशक एटलीसँग काम गर्ने चर्चा पनि छ । यसको पनि आधिकारिक घोषणा भएको छैन । यद्दपी यो एक्सन ड्रामा हुने अनुमान गरिएको छ । केहि समय डनको तेस्रो सिरिज बन्ने चर्चा पनि भयो तर , त्यसले अनि मुर्तरुप पाउन सकेन । यसैले गर्दा पनि शाहरुख पछिल्लो समय दोधारमा छन् । कस्तो फिल्म गर्ने भन्ने विषयमा उनले निर्णय लिन सकेका छैनन् । किनकी अब उनलाई बक्स अफिसमा उकालो लाग्दै दर्शकको माया पनि जित्नु छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्