प्रदीप र सनिशाको जोडीमा ‘शुभ विवाह’ घोषणा

फिल्म । निर्देशक सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली फिल्म ‘शुभ विवाह’ निर्माण हुने भएको छ। निर्माण टिमले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मका मुख्य कलाकार तथा प्राविधिक टिमको परिचय गराउनुका साथै फिल्मको ब्यानरसमेत घोषणा गरेको हो। फिल्म ‘प्रियादर्शन फिल्मस्’को ब्यानरमा निर्माण हुनेछ।

फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा रहनेछन्। उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काले यसअघि ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। सफल मानिएको उक्त फिल्मपछि उनीहरू पुनः एकसाथ काम गर्न लागेका हुन्। सुप्रिया कटुवालको निर्माण तथा साम भुजेलको कार्यकारी निर्माण रहने फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ।

फिल्ममा अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पार्श्व संगीत रहनेछ। राजेश श्रेष्ठ डीओपी रहने फिल्मको सम्पादन मिलन श्रेष्ठले गर्नेछन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहनेछ। फिल्मका नृत्य निर्देशक विक्रम स्वार हुन् भने ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।

सह–निर्देशकमा बसन्त अधिकारी (प्रमुख), साजन कट्टेल र प्रार्थना पाठक रहेका छन्। फिल्मको ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन म्यानेजरको जिम्मेवारी सुदीप ढकालले सम्हाल्नेछन्।

शृङ्गारमा सरोज पाण्डे, हेयर डिजाइनमा सरस्वती श्रेष्ठ तथा ‘बिहाइन्ड द सिन्स’को जिम्मेवारी निरज पन्थीले पाएका छन्। कानुनी सल्लाहकारमा विराज ढुंगाना, लेखापरीक्षकमा भेष ढकाल तथा एजेन्सीको जिम्मेवारी प्रसुन तिमिल्सिना (कार्यालय)ले सम्हाल्नेछन्।

फिल्मका लागि पोसाक सुशीला केसी (लगन बुटिक) र आकृति पन्त (सेन्ट्रल फेसन एकेडेमी)ले तयार पार्नेछन्। पब्लिसिटी डिजाइन तथा पोस्टर निर्माण आनन्द महर्जनले गर्नेछन्। कम्पनी लोगो एनिमेसन मनोज श्रेष्ठ र फिल्मको टिजर एनिमेसन अनन्त घिमिरेले गर्नेछन्। डेकोर पार्टनरमा गरिमा फ्लोरिस्ट रहेको छ। फिल्म आगामी फागुन २१ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।

कमेन्ट गर्नुहोस्