
सङ्गीत । गोविन्द कँडेल ‘आँसु’ को शब्द र हरि लम्सालको संगीत तथा गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक गरिएको छ । क्रबार काठमाडौंमा आयोजित समारोहमा सार्वजनिक गरिएको गीतलाई सुरज श्रेष्ठले एरेन्ज गरेका हुन् । प्रेमपीडा र जिम्मेवारीको भाव बोकेको गीतमार्फत गायक ढकालले गीत भन्दा फरक ढंगले नयाँ गीत ल्याएको बताए ।
‘अलि फरक ढंगको गीत बनाउने कोसिस गरेका हौं । यो मैले गाइरहेको शैली भन्दा थोरै फरक कम्पोजको गीत पनि हो यो । आशा छ अघिल्ला सिर्जना जस्तै यसलाई पनि श्रोता-दर्शकले रुचाउनुहुनेछ’, गायक ढकालले भने । गीतको भिडियोमा रामकृष्ण आफैं र बाल कलाकार आर्या वाणीले अभिनय गरेका छन् । उनीहरु बाबु र छोरीको भूमिकामा छन् । भिडियोलाई स्वीकृति सापकोटाले निर्देशन गरेकी हुन् । भिडियोमा सुशील खनालको छायांकन, सम्पादन र कलर संयोजन छ ।

कमेन्ट गर्नुहोस्