‘लक्का जवान’ सार्वजनिक (भिडियो)

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लक्का जवान’ को टाइटल गीत सार्वजनिक गरिएको हो । हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी फिल्मको सार्वजनिक गीतमा बाबुल गिरीको संगीत र डिपी खनालको शब्द छ । गीतमा संगीतकार बाबुलसँगै मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

गीतको भिडियोमा फिल्मका सम्पूर्ण कलाकारहरु किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायत फिचर्ड छन् । गीत सार्वजनिक कार्यक्रममा बाबुलको निकै प्रसंसा भयो । ‘हामीले एउटा गीत लिन पुगेका थियौ तर मन परेर तिनवटै लियौ’ किरणले भने ।

यसैगरी बाबुलले पनि आफुले मौका पाएको बताए । ‘यो व्यानर अनि कलाकारसँग काम गर्न पाउनु मेरो लागि अवसर र चुनौती दुवै हो’ उनले भने । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।

फिल्ममा अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । चैत २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो ।

कमेन्ट गर्नुहोस्