फिल्म । अभिनेत्री जसिता गुरुङ निर्देशक कृषा चौलागाईंको आगामी निर्देशकीय प्रोजेक्ट फिल्म ‘पारस’ मा अनुबन्धित भएकी छन् । निर्देशक कृषाले शनिबार सामाजिक सञ्जालमार्फत जसितालाई फिल्मका लागि साइन गरिएको जानकारी दिएकी हुन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै कृषाले लेखेकी छन्, ‘मायालु जसितासँग मेरो अर्को फिल्मको घोषणा गर्न पाउँदा निकै खुसी र उत्साहित छु। उनीसँग कसलाई जोडी बाँध्नुपर्ला, सुझाव दिनुहोला। सुझावहरूलाई स्वागत छ। पारस।’
सुपरहिट फिल्म ‘जेरी अन टप’ पछि जसिताले यो फिल्म साइन गरेकी हुन् । कृषाले जसिता र निर्माण टिमसँगको तस्बिर साझा गर्दै कास्टिङबारे जानकारी गराएकी हुन् । यसअघि फिल्म ‘पारस’ को मुख्य भूमिकामा निखिल उप्रेती देखिने चर्चा चलेको थियो । तर, यस विषयमा निर्माण पक्षबाट औपचारिक घोषणा भने हुन बाँकी छ । यसका साथै फिल्ममा सुशील श्रेष्ठ अनुबन्धित भएको चर्चा भएता पनि कृषाले यस विषयमा आधिकारिक जानकारी दिएकी छैनन् ।










