प्रिमियरमा रुचाईयो ‘ऐँचो पैँचो’

फिल्म। सांस्कृतिक पर्व ‘गाईजात्रा’ सँगै रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) को अवसर पारेर प्रदर्शनमा आएको फिल्म‘ऐँचो पैँचो’ को पूर्व सन्ध्यामा बुधवार बेलुकी प्रिमियर गरिएको छ । आयोजित प्रिमियरमा फिल्मकर्मीसँगै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वमन्त्री प्रेम आले, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, ता नैनसिंह महर, महेश बस्नेत लगायतले फिल्म हेरेर सकारात्मक प्रतिक्रिया दिएका छन् । पूर्वमन्त्री आलेले फिल्मले राजनीतिज्ञ सच्चिनु पर्ने संकेत गरेको बताए ।

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्रले चुनावमा हुने वास्तिकता प्रस्तुत गरेको पूर्वमन्त्री आलेले बताउनुभयो । उनले भने,‘राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्रले चुनावमा हुने वास्तिकता प्रस्तुत गरिएको छ । फिल्म हेरिरहादा मैले मनोरञ्जन लिए । सबै राजनीतिज्ञको उदेश्य यसलाई पेसा बनाउने हुँदैन, बनाईरहेकालाई सच्चिनु पर्ने सङ्केत गरिएको छ ।’

निर्देशनमा कृषा चौलागाईंलाई अर्की निर्देशक दीपाश्री निरौलाले स्वागत गरिन् । उनले भनिन्,‘कृषा निर्मात्री हुँदै निर्देशक बनेको अनुभव फिल्म हेरिरहदा देखिन्छ । हामीलाई महिला निर्देशकको खाचो छ । उनले राम्रो सम्भावना देखाएकि छिन् ।’

कृषाले निर्मात्रीमा डेब्यु गर्दा विश्वास गरेको निर्देशक शोभित बस्नेतले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने,‘फिल्मले सम्पूर्ण पक्षलाई समेटेको छ । यो पूर्णरुपमा मनोरन्जनात्मक बनेको छ । यसले हलसम्म आइपुग्ने दर्शकलाई निराश बनाउदैन ।’

प्राप्त प्रतिक्रियाले उत्साहित निर्देशक कृषाले राजनीतिलाई पृष्ठभूमि बनाईएको भएता पनि फिल्म सामाजिकविषयमा केन्द्रीत रहेको बताइन । उनले भनिन्,‘हाम्रो दैनिक जीवन जसरी राजनीतिबाट टाढा छैन, त्यसरी नै पात्र जोडिएका हुन् । फिल्म सामाजिक विषयवस्तु मै आधारित छ ।’

अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गर्दा फरक अनुभव भएको बताइन । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा वर्षा राउत, कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।

यसमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्