शाहरुखको नजिक सरे आमिर

फिल्म । भारतीय अभिनेता आमिर खान चाँडै मुम्बईको बान्द्रास्थित आफ्नो हालको घर, वर्गो हाउजिङ सोसाइटी, छोडेर पाली हिलको विल्नोमोना भवनमा सर्ने भएका छन् । उनले विल्नोमोना भवनमा ४ वटा लक्जरी अपार्टमेन्ट मासिक २४.५ लाख रुपैयाँ भाडामा लिजमा लिएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार, वर्गो हाउजिङ सोसाइटीमा अल्ट्रा-लक्जरी प्रोजेक्ट सुरु हुँदैछ, जसमा समुद्रको दृश्यसहितका अपार्टमेन्टहरू प्रति वर्गफुट १ लाख रुपैयाँभन्दा माथि मूल्यमा बन्नेछन्। केही युनिटको मूल्य १०० करोड रुपैयाँभन्दा बढी हुने अनुमान छ।

पाली हिलको नर्गिस दत्त रोडमा रहेको विल्नोमोना भवन शाहरुख खानको अस्थायी बसोबासस्थल पूजा कासाबाट मात्र ७ सय ५० मिटर टाढा छ । शाहरुखको बंगला मन्नतमा पनि हाल पुनर्निर्माण भइरहेकाले उनी परिवारसहित पूजा कासामा सरेका छन् ।

कमेन्ट गर्नुहोस्