यस्तो छ सविनको ‘कश्यप’ लुक्स

फिल्म । अभिनेता सविन श्रेष्ठ फिल्म ‘कश्यप’मा अनुबन्धित भएका छन् । एक्सन हिरोको छवि बनाएका उनलाई अनुबन्धित गरेको खबर निर्माताले ‘क्यारेक्टर लुक्स’बाट दिएका छन् । सार्वजनिक लुक्समा उनलाई ‘एंग्री योङ म्यान’को अवतारमा देख्न सकिन्छ । हातमा रगत लतपतिएको तरबार, लामो कपाल र दाह्रीमा उनी आक्रोशित देखिएका छन् ।

एक्सन, थ्रीलर र लभस्टोरी कथामा निर्माण हुने फिल्मलाई दिनेश जी खड्काले निर्देशन गर्नेछन् । गतसाता चलचित्र विकास बोर्डबाट फिल्मले निर्माण अनुमति पाएको छ । यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्