प्रि-पोन्ड भयो ‘के घर के डेराः घर नम्बर २’

फिल्म । नेपाली फिल्म फिल्म ‘के घर के डेराः घर नम्बर २’ प्रि-पोन्ड भएको छ । निर्देशक दीपेन्द्र के खनालले यसको प्रदर्शन मिती जेठ ९ लाई घोषणा गरेता पनि यो अब एक हप्ता अगाडि जेठ २ मा प्रदर्शन हुने भएको छ । खनालको निर्देशनमा बुद्दि सागरको कथा रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्ममा सामाजिक बिषयवस्तुलाई रोचक तरिकाले भनिने निर्देशक खनाल बताउँछन् । फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको सह निर्माता ओम प्रकाश अग्रवाल र महेश किजु हुन् । ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ ।

कमेन्ट गर्नुहोस्