यस्तो बन्यो ‘स्ट्रीट डान्सर ३’ ट्रेलर (भिडियो)

फिल्म । बलिउडमा पछिल्लो समय वरुण धवन एकपछि अर्को फिल्म मार्फत सफलता हात परिरहेका छन् । यिनै वरुणको नयाँ फिल्मको नाम ‘स्ट्रीट डान्सर ३’ रहेको छ । फिल्मलाई दर्शकले आउँदो वर्षको जनवरी २४ मा हेर्न पाउनेछन् , जसको ट्रेलर सार्वजनिक गरिएको छ । ‘एविसिडी’ सिरिजको तेस्रो सिरिजमा आइपुग्दा यसको नाम परिवर्तन गरिएको हो । ट्रेलरलाई दर्शकले हलमा भने ‘दबंग ३’ संग हेर्न पाउने छन् ।

फिल्ममा वरुणसँगै श्रद्धा कपूर लिड रोलमा रहेकी छिन् भने यसमा प्रभु देवाको पनि भूमिका रहेको छ । उनलाई दोस्रो रिलिजमा देखिएको थियो । फिल्मलाई रिमो डिसुजाले निर्देशन गरेका छन् । गत वर्ष उनको फिल्म रेस ३ ले बलिउडमा राम्रो ब्यापार गर्न सकेन । यसैले पनि उनले आफ्नै फिल्म ‘एविसीडी’ सिरिजलाई दर्शक माँझ ल्याउदैछन् । फिल्ममा पहिला कट्रिना कैफलाई प्रस्ताव गरिएको थियो तर उनले व्यस्तता देखाउदै फिल्ममा अभिनय नगर्ने बताइन । त्यसपछि यसमा वरुण र श्रद्धाको जोडी सम्भव भयो ।

कमेन्ट गर्नुहोस्