‘तेल भिसा’ लिएर आए शङ्कर

फिल्म । निर्देशक शङ्कर घिमिरे एकदशकपछि नयाँ फिल्म ‘तेल भिसा’ लिएर दर्शकसामू आउँदैछन् । पछिल्लो फिल्म ‘तुलसी’ पछि स-परिवार अमेरिका बसोबास गरिरहेका निर्देशक घिमिरेले प्रवासी जीवनको एउटा मार्मिक कथालाई फिल्मको विषय बनाएको बताए ।

‘म अमेरिका पुगें तर पलायन भएको होइन् । केही पारिवारिक दायित्व थियो, र अहिले धेराओ पैसा भएर पनि फिल्म बनाएको होइन । मैले र मेरो श्रीमती (ऋचा घिमिरे) ले जानेको कर्म नै यही हो, त्यसैले यसलाई नै निरन्तरता दिएका हौँ । विगत दुई वर्षदेखि कथामा काम गरेर यसको स्क्रीप्ट तयार गरेका छौँ । यो फिल्मले विदेश पुग्ने अभिभावकको बेदाना र चाहनालाई प्रस्ट्याउछ भन्ने लागेको छ’, निर्देशक घिमिरेले भने ।

मङ्सिर ७ लाई प्रदर्शन तय गरिएको फिल्मको प्रचारप्रसारमा व्यस्त निर्देशक घिमिरेले छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाईएको जनाए ।

‘नेपालदेखि छोराबुहारी वा छोरीज्वाइँ भेट्न निकै उत्साहित भएर अभिभावक पुग्नु हुन्छ, तर हामीले उहाँलाई माया वा आवश्यकता के परेर सम्झिएका हौँ ? सबैको यस्तो त हुँदैन तर अधिकाँसको यस्तै देखिएको छ । यो फिल्मले ती अव्यक्त भावनालाई अगाडि ल्याउने छ । यो एउटा पारिवारिक कथा हो, सबैले सँगै हेरेर आफ्नो दायित्व र जिम्मेवारी बुझ्नु जरुरी छ’, निर्देशक घिमिरेले भने ।

उहाँकी श्रीमती तथा अभिनेत्री ऋचा घिमिरेले यसपटक कथालाई पटकथा बनाउन निकै मेहनत गरिएको जानकारी दिईन् । यसमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेकाछन् । बुवा र छोराको जीवनलाई पर्दामा जीवन्त बनाउनुभएका अभिनेता कार्कीले नयाँ अनुभव संगालेको बताए । फिल्ममा पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेकाछन् ।

ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्