फिल्म । सोह्रौं संस्करणको ‘डिसिने अवार्ड’ सम्पन्न भएको छ । बुधबार किर्तीपुरको कीर्तिपुर सिनेप्लेक्समा आयोजित समारोह बीच मनोनयनमा रहेका उत्कृष्ट पाँच मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिएको हो । छायाँछवि क्रियसनको प्रस्तुतिमा भएको अवार्डमा विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।
समारोहमा कलाकार दिपकराज गिरी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘छायाछवी चलचित्रकर्मी रजत सम्मान’ अर्पण गरियो । नेपाली फिल्म क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखि पुर्याएको अतुलनिय योगदानको कदर गर्दै गिरी र उप्रेतीलाई सम्मान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बिशिष्ट कलाकारद्वय बसुन्धरा भुसाल, चैत्यदेवी लगायतको हातबाट दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै सञ्चारकर्मी गीता अधिकारी ‘रेखा फिल्म्स् छायाँछवि फिल्म पत्रकारिता पुरस्कार’बाट नगद १६ हजार रुपैयाँ सहित पुरस्कृत भइन् ।
सोहि समारोहमा अन्य गीतसंगीत, फिल्म क्षेत्रका कलाकार र व्यवसायीलाई सम्मान गरिएको थियो । अवार्ड कार्यक्रममा फिल्म ‘अगत्स्य’बाट सौगात मल्ल सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाले भने केकी अधिकारी ‘प्रसाद २’ बाट उत्कृष्ट अभिनेत्री घोषित भएकी भइन् । त्यस्तै, ‘बुलाकी’ सर्वोत्कृष्ट फिल्म घोषित भयो भने भने ‘दिमाग खराब’ बाट निश्चल बस्नेतले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारे ।
‘बुलाकी’ बाट राजबहादुर सानेले उत्कृष्ट लेखनको अवार्ड हात पार्दा ‘नाङ्गो गाउँ’बाट शिशिर वाङदेल सर्वोत्कृष्ट खलपात्र घोषित भए । सर्वोत्कृष्ट छाँयाकार ‘बुलाकी’बाट शिव ढकाल, ‘ऐंचो पैंचो’ बाट विपीनमल्ल / भुपेन्द्र अधिकार सर्वोत्कृष्ट सम्पादक बन्न सफल भए । यसैगरि अर्जुन पोखरेल सर्वोत्कृष्ट संगीतकार ‘उपहार’ (कहिले बार बिर्सिन्छु), प्रताप दास सर्वोत्कृष्ट पाश्र्वगायक तिम्रो आखाँमा (नाईं नभन्नु ल – ६), दुर्गा खरेल तिमी बदनामी गीतबाट (नीरफुल )सर्वोत्कृष्ट पाश्र्वगायिका, हर्क साउद रीत (जारी), शाश्वत श्रेष्ठले ‘उपहार’ बाट सर्वोत्कृष्ट पाश्र्व संगीतको अवार्ड हात पारे । ‘उपहार’ बाटै सञ्जय श्रेष्ठले सर्वोत्कृष्ट ध्वनी मिश्रणको अवार्ड चुमे ।
यस्तै, ‘जारी’ बाट उपेन्द्र सुब्बा उत्कृष्ट नवनिर्देशक घोषित भने रितेश चाम्सले ‘गोर्खा वारियर’बाट उत्कृष्ट नवअभिनेताको अवार्ड उचाल्न सफल भए भने नवअभिनेत्री ‘नीरफुल’ बाट शान्ती वाइवाको हातमा पर्यो । उत्कृष्ट द्धन्दनिर्देशकको अवार्ड श्री श्रेष्ठले ‘काँडेतार’ बाट चुमे भने कविराज गहतराजले काले केटाले (ऐंचोपैंचो) बाट सर्वोत्कृष्ट नृत्य निर्देशकको अवार्ड हात पारे । यसैगरि ‘अगत्स्य’ बाट नाजीर हुसेन सर्वोत्कृष्ट सह-अभिनेता घोषित भए भने ‘उपहार’ बाट अभिनेत्री पूजा शर्मा सह – अभिनेत्री ठहरिन् । नवअभिनेता जुरी अवार्ड ‘बुलाकी’ बाट बिराज विष्टले उचाले ।
अवार्डका लागि सेलेक्सन कमीटीको जुरीमा शोभा पाण्डे, राजन खरेल र कमल एक्चै मगर रहेका थिए । मोहन निरौलाको संयोजनमा बनेको अवार्डको जुरी मण्डलमा बिजयरत्न तुलाधर, सन्तोष श्रेष्ठ, शोभीता सिंखडा रहेका थिए ।










