‘बेहुली फ्रम मेघौली’ओटीटीमा आउने

फिल्म । गत फूलपातीबाट प्रदर्शन गरिएको फिल्म ‘बेहुली फ्रम मेघौली’ का निर्माता तथा अभिनेता निश्चल बस्नेतले यसलाई हलबाट उतार्ने निर्णय गरेका छन् । हलहरूको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन् । उनले फिल्मलाई प्राप्त शो सङ्ख्या प्रति असन्तुष्टी जनाउदै विकल्प खोज्ने उल्लेख गरेको केही दिनमै यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार अब फिल्मलाई छिटै एमएसएम भिडियोमा हेर्न सकिनेछ । ‘हलमा हेर्नुहुने सबै दर्शकहरूलाई धेरै धेरै धन्यवाद। सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्स सिनेमाजलाई धेरै धन्यवाद। भोलीबाट (अक्टोबर १७) हाम्रो फिल्मलाई नेपालका सबै हलहरूबाट उतार्ने निर्णय गरेका छौँ। हाम्रो अवस्थालाई बुझिदिनुभएकोमा डिसिएन, एप्पल इन्टरटेनमेन्ट र ओएसआर डिजिटललाई पनि धन्यवाद’, उनले उल्लेख गरेका छन् ।

बस्नेतले हल व्यवस्थापनप्रति आक्रोश व्यक्त गर्दै यसअघि पनि आफ्नो फिल्मलाई दर्शकको राम्रो साथ र उच्च अकुपेन्सी हुँदासमेत पर्याप्त शो नदिएको गुनासो गरेका थिए ।

कमेन्ट गर्नुहोस्