गसिप । फिल्म ‘इन्टु मिन्टु लन्डन’ बाट धिरज मगरको डेब्यु राम्रै भयो । फिल्म औसत भए पनि दर्शकले उनलाई खुला हृदयले स्वागत गरे । दर्शकले त्यसयता उनलाई पर्दामा हेर्न आउछन् भन्ने धेरको अनुमान थियो । उनलाई डेब्यु गराउने कोरियोग्राफर तथा निर्देशक रेनाशा बान्तवा राईले उनैलाई लिएर ‘ज्याकी : आई एम ट्वान्टी वान’ निर्माण तथा निर्देशन गरिन् । तर, दर्शकले हलसम्म आएर हेरेनन् । उनको अन्य फिल्म ‘बाबरी’ र ‘एक भगवत् एक गीता’ लाई पनि दर्शकले रुचाएनन् ।
त्यसपछि धिरज सफलताको पर्खाइमा छन् । लभ स्टोरी जनरा रहेको फिल्ममा दर्शकको माया पाउने विश्वास गरिएको धिरजलाई दर्शकले नरुचाएपछि उनले नयाँ काम ल्याउन सकेका छैनन् । बेलाबखतमा उनले फिल्ममा अभिनय गर्न लागेको समाचार बाहिरिने गरेको छ । तर, छायांकनसम्म कुनै पुग्न सकेको छैन । उनले केही समय ब्रेक लिएको जस्तो देखिएको छ । धिरजको लागि पर्खाइको फल मिठो होला या नहोला ? यो भने आउँदा दिनले नै बताउने छ ।












