फिल्म । ‘ए मेरो हजुर ३’ को पहिलो सार्वजनिक गीत ‘जिन्दगी नै भन्दिन’ को सफलतापछी निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको छ । सार्वजनिक दोस्रो ‘परान’ बोलको लोकशैलीको गीतमा अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । गीतमा अनमोल र सुहानालाई टिपिकल नेपाली ड्रेसमा देखिएको छ । गीतमा आशिष अविरल र अन्जु पन्तले स्वर दिएका छन् भने यसमा संगीत र शब्द पनि आशिषकै रहेको छ । गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।
चैत २९ गतेबाट प्रदर्शनमा आउने ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् भने यसलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा अनमोल र सुहानासँगै सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काले सम्पादन गरेका छन् । टिजर सार्वजनिक गरेको केहि समयपछी टिमले गीत सार्वजनिक गरेको हो ।










