‘वीर विक्रम २’ को पहिलो गीत रिलिज (भिडियो)

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भईरहेको फिल्म ‘वीर विक्रम २’ पहिलो गीत सार्वजनिक गरीएको छ । सार्वजनिक गीतलाई हिमाली भेगको रमणीय दृश्यमा गरिरहेको छन् भने यसमा पल शाह , वर्षा शिवाकोटी र नजिर हुसेन फिचर्ड छन् । कुसुम गजमेरको शब्द तथा रञ्‍जित गजमेरको संगीत रहेको यस गीतलाई तारा प्रकाश लिम्बु र मेलिना राइले गाएका छन् । फिल्म ‘देउता’ मा समावेश ‘पिरतीको मिठो तृष्णा’ लाई रिमेक गर्दै यसमा राखिएको हो । गीतलाई सुदिप बरालले छायाँकन गरेका हुन् भने यसलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्म अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् । यसमा पल , वर्षा र नाजिरसँगै विनिसा भण्डारी, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन सिनेमामा रहेको छ ।

कमेन्ट गर्नुहोस्