‘कबड्डी ४’ कथा वा नामको विश्राम ?

0 Shares

फिल्म । निर्देशक रामबाबु गुरुङलाई चिनाउने फिल्म हो ‘कबड्डी’ । यसकै सिरिजको कारण आज गुरुङ सफल तथा स्थापित निर्देशकको सुचीमा पर्छन् । यद्दपी सिरिजको संख्या बढ्दै गर्दा उनलाई आरोप पनि लाग्ने गरेको छ । उनले दोस्रो र तेस्रो सिरिज रिलिज गर्दै गर्दा व्यसायिक बढी भएको आरोप खेप्दै आइरहेका छन् । कबड्डीको तुलनामा यसको निर्मित सिरिजहरु कम्जोर रहेको गुनासो दर्शकको बढ्ने गरेको छ ।

यसैले गर्दा पनि निर्देशक गुरुङले यसको अन्तिम सिरिज ‘कबड्डी ४ : द फाइनल म्याच’ निर्माण गर्दैछन् । फिल्मको निर्माण घोषणा भएता पनि अन्य कुरा जनाइएको छैन । निर्देशक गुरुङले सामाजिक सञ्जालमा टाइटल पोष्टर सार्वजनिक गर्दै घोषणा गरेका छन् । यसलाई दयाहाङ राई र निश्चल बस्नेतले पनि शेयर गरेका छन् व अर्थात् चौथो सिरिजमा अघिल्ला सिरिजका सबै कलाकारहरु रहन सक्ने बुझिएको छ ।

फिल्ममा दया र निश्चलसँगै सौगात मल्ल र कर्मा पनि रहन सक्ने बुझिएको छ । यद्दपी यसबारे निर्माण पक्षले केहि जनाएको छ । त्यसो त फिल्ममा अनमोल केसी पनि रहने चर्चा भइरहेको छ । काजीको प्रेम कथामा आधारित फिल्ममा अघिल्लो पटक पनि प्रदीप खड्कालाई खेलाउने तयारी भएको थियो । यद्दपी त्यो सहकार्य हुन् सकेन । यसपटक पनि अनमोलसँग कुराकानी भएता पनि तय भने केहि भएको छैन ।

यसपटक निर्देशक गुरुङले काजी र मैयाको प्रेम कथालाई विश्राम दिदैछन् । यद्दपी उनले यहिँ नाममा फिल्म भने बनाउन सक्नेछन् । ‘कबड्डी’ को तीन सिक्वेलमा प्रेमका लागि संघर्ष गर्ने प्रमुख पात्रहरु ‘फाइनल म्याच’ (कबड्डी ४) मा दोहोरिने छन् । बैशाखबाट छायांकनमा जाने फिल्म २०७८ को दशैं छेकोमा प्रदर्शन बुझिएको छ । अघिल्लो सिरिजले दसैं लक्षित प्रदर्शनका कारण राम्रो व्यवसाय गरेको थियो ।

कमेन्ट गर्नुहोस्