फिल्म । आउँदो वर्ष विसं २०८२ को दसैँलाई लक्षित गर्दै निर्माता रोहित अधिकारीले नयाँ फिल्म ‘माइतीघर’ घोषणा गरेका छन् । फिल्मको निर्माणसँगै उनले प्रदर्शन मिति आउँदो दसैँलाई लक्षित गरेका हुन् । यो फिल्मलाई मिलन तामाङले निर्देशन गर्दैछन् । यसपटक, रोहितले सामाजिक कथावस्तुमा फिल्म बनाउन लागेको बताए ।
फिल्मको छायांकन केही महिनामा सुरु हुँदैछ । फिल्मको स्क्रिप्टको काम पनि अन्तिम चरणमा पुगेको र कलाकार छनोट प्रक्रिया अगाडि बढेको रोहितले बताए । ५८ बर्ष अगाडि बनेको फिल्म ‘माइतीघर’को नाम सापटी लिएर रोहितले यो फिल्म बनाउन लागेका हुन् । रोहितले फिल्म ‘गाजलु’, ’छ माया छपक्कै’ र ’फर्की फर्की’ निर्माण गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्










