फिल्म । फिल्म ‘गोपी’ मार्फत निर्देशन विधामा ‘नेशनल फिल्म अवार्ड’ विजेता बनेका निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ को टिजर सार्वजनिक भएसँगै युट्युबको ट्रेन्डिङमा प्रवेश गरेको छ । नेपालमा कौतुहलता पुर्वक हेरिएको कारण पनि यसले उक्त स्थान पाएको हो । निर्देशक लामाकै लेखना रहेको फिल्ममा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा फिल्मको टिजरमा देखाइएको छ ।
सार्वजनिक टिजरमा समावेश गरिएको कमेडी, पारिवारिक कथा, राजनीतिक बिषयवस्तुले दर्शकको मन छुने पक्का छ । यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ ।
यसअघि फिल्म ‘घामपानी, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘२ नम्बरी’ जस्ता सामाजिक कथावस्तुका फिल्म बनाएका निर्देशक लामाको भदौ २९ गरे प्रदर्शन हुने ‘नाङ्गो गाउँ’ लाई प्रतीक्षित फिल्मको रुपमा हेरिएको छ ।
जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।












