संगीत । संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा क्यानाडामा गुञ्जिने भएका छन् । आउँदो सेप्टेम्बर १६ मा आगन इभेन्टको प्रस्तुतीमा आयोजना हुने समारोहमा कालीले आफूद्वारा संगीतबद्ध तथा स्वरबद्ध गीत प्रस्तुत गर्नेछन् । ‘हेल्लो क्यानाडा म आउँदै छु । भेटेर रमाइलो गर्नुपर्छ है’, कालीले भिडियोमा सम्बोधन गर्दै भनेका छन् ।
क्यानाडास्थित मिसीसागा सहरमा हुने प्रस्तुतीलाई लिएर दर्शक प्रतिक्षित रहेको आगन इभेन्टका अध्यक्ष ज्ञान भण्डारीले जानकारी दिए । उनले भने,’कालीजीको लोकप्रियता र क्यानाडामा रहेका नेपाली माँझ रहेको क्रेजलाई मध्यनजर गर्दै टूर आयोजना गरेका हौँ । यहाँ हुने विविध कार्यक्रममा उहाँ गीत गुञ्जिने गरेको छ ।’ कालीले फिल्ममा दिएको गीतसंगीत स्रोता माँझ लोकप्रिय छ ।
कमेन्ट गर्नुहोस्











