स्विमर लुक्समा ‘मिस एण्ड मिस्टर नेपाल २०२३’ का प्रतियोगी

सौन्दर्य । ‘मिस एण्ड मिस्टर नेपाल २०२३’ का प्रतियोगीले स्विम सुटमा देखिएका छन् । बुधवार हुने फाइनल अगाडी उनीहरूले टप मोडल राउण्ड, स्विमर राउण्ड अन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ मा प्रस्तिस्पर्धा गरिरहेका अन्तिम एक्काइसलाई प्रतियोगी मध्ये विजेता छान्न ‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार नेपालमा छन् ।

‘प्रतियोगीको आत्मविश्वास देखेर म प्रभावित भएँ । उनीहरूको भविष्य उज्वल देखेको छु’,मौलिङ्गकारले भने,‘पटक पटकको प्रयासपछि नेपाल आइपुगेको छु। यसअगाडी कोरोना भाइरसको कारण भएको कडाइले गर्दा आउँन सकेको थिइन् ।’

उनको नेपाल आगमन र प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुले अन्तर्राष्ट्रियस्तरमा छवि निर्माणमा सघाउने आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ । नेपालमा प्याजेन्ट ल्याएर प्रतियोगिता गराईरहेका नेपाल निर्देशक सन्तोष उपाध्यायले मौलिङ्गकारले फाइनलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेका छन् । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन् । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेसनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रानेसनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्