संगीत । नेपाली सांगीतिक क्षेत्रका चर्चित्र नाम रकगायक रविन तामांगको निधन भएको छ । मंगलवार बेलुकी उहाँको निधन बुढानीलकण्ठस्थित घरमा भएको बताईएको छ । निधनको कारण हृदयघात भनिएता पनि पोस्टमार्टम पश्चात कारण यकिन हुनेछ । उहाँको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट रहनुभएका गायक तामांग पछिल्लो समय चलचित्र अभिनयमा समेत उत्तिकै सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय चलचित्र ‘छड्के २’ देखिनुभएका गायक तामांगको नेपाली रक शैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ । उहाँको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायतका गीतहरू चर्चित छन्।
कमेन्ट गर्नुहोस्










