बाबुराम र हिसिलाले हेरे ‘जय भोले’

जयहोस् । नयाँ शक्ति पार्टी , नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नी पत्नी हिसिला यमी सहित फिल्म ‘जय भोले’ हेरेका छन् । शनिवार काठमाडौँ सुनधारास्थित सिभिल मलमा रहेको क्युएफएक्स हलमा फिल्म हेरेका हुन् । गत असोज ३० बाट प्रदर्शनमा आएको फिल्मलाई हेरेपछि बाबुरामले आफुलाई मन परेको प्रतिक्रिया दिएका छन् । ‘फिल्म राम्रो बनेको छ , समाजमा रहेको अन्तरलाई पर्दामा फिल्मी शैलीमा हेर्न पाए’ उनले भने ‘एउटै समाजमा पुँजीवादले पार्ने प्रभाव राम्रोसँग चित्रण गरिएको छ , फिल्म हेर्न निम्तो गर्नु हुने अशोकजी लगायत टिमलाई धन्यवाद ।’नयाँ शक्तिकै अन्तर्राष्ट्रिय विभाग संयोजक समेत रहेकी हिसिलाले पनि फिल्म मन परेको बताइन । फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा खगेन्द्र स्वयमले लेखेका हुन् ।
कमेन्ट गर्नुहोस्