फिल्म।भदौ १७ गतेलाई प्रदर्शन तय गरिएको फिल्म ‘ सम्हालिन्छ कहिले मन’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा पूजा शर्मा र आक्ष श्रेष्ठ देखिएका छन् । यी दुईको अभिनित गीतलाई यूके र मुस्ताङमा छायांकन गरिएको हो । ताराप्रकाश लिम्बु र अनु चौधरीले स्वर दिएको गीतमा रमणीय दृश्य र पूजा/आकाशको केमेस्ट्री म्याच गर्छ । फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन् ।
आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत छ । कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । महेश दवाडीको लेखन रहेको फिल्ममा पूजा र आकाशसँगै डेब्यू अभिनेता सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारहरुको अभिनय छ ।
एबी इन्टरनेशनलसँग भिक्टर फिल्म लिमिटेडले निर्माण सहकार्य गरेको फिल्ममा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत र अर्जुन जिसीको सम्पादन छ । फिल्मलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् ।










